८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूको अवरोध, भोलिसम्म बैठक स्थगित



काठमाडौं । प्रतिनिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।

दोस्रो बैठकको कार्यप्रारभ्भ हुनेवित्तिकै प्रतिपक्षी सांसदहरु उठेर कुलमान घिसिङमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री रोस्टममा आएर जवाफ दिनुपर्ने माग राखेका छन् । उनीहरुले प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने जिकिर गरे ।

सभामुख देवराज घिमिरेले बस्नका लागि आग्रह गरेर बैठक संचालनको वातावरण बनाउन आग्रह गरे । तर सभामुखको आग्रह अनुसार सांसदहरु आआफ्नो सीटमा नबसेपछि बैठक भोलि १४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यसअघि आजै बिहान ११ बजे बसेको बैठकमा पनि प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि भन्दै स्थगित भएको थियो ।

संसद भवनबाट बाहिर निस्कँदै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले कुलमानबारे प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने र सो जवाफ चित्तोबुझ्दो नभए पुनः अवरोध हुने बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : २१ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको