१५ पुस २०८२, मंगलबार | December 31, 2025

काठमाडौंको सुरक्षा व्यवस्थामा कडाई, ३५ सय बढि प्रहरी परिचालन



काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।

सुवेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँबाट प्रदर्शन गर्ने जनाइसकेको छ । राजावादीहरूले तीनकुनेमा प्रर्दशन गर्ने र समाजवादी मोर्चाले भने भृकुटीमण्डपलाई केन्द्र बनाएका छन् ।

जसका कारण प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले योजना बनाएको जनाइएको छ भने सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । साथै, प्रदर्शन स्थलमा भनेएसपी अपिल बोहराले खटाउने गरी सुरक्षा व्यवस्था गरिएको छ ।

समाजवादी मोर्चाले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् ।

भने राजतन्त्रपक्षधरहरुले तिनकुने, कोटेश्वर, चावहिल, चक्रपथ, सातदोबाटो, भक्तपुर लगायतका क्षेत्रबाट जुलुश निकाल्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : २६ बजे

चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा

बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,