१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लोमान्थाङमा बन्यो पाँच शय्याको आधारभूत अस्पताल भवन



मुस्ताङ । उत्तरी चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण गरिएको हो ।

उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८÷७९ को २४ जेठमा डाँफे–हरि–सन्त जेभी कन्ट्रक्सनसँग पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायत कारण तोकिएको समय सम्पन्न हुन नसकेको हो । ठेक्का सम्झौताअनुसार आव २०८०/८१ को २३ जेठमा सकिनुपर्ने थियो ।

लोमान्थाङ–५ स्थित लोमान्थाङ बजारको तल करिब एक किलोमिटर दूरीको क्षेत्रमा आधारभूत सत्ताइस कोठे स्वास्थ्य पूर्वाधार भवन निर्माण सम्पन्न भएको हो । आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवन रु सात करोड १९ लाख लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिनुभयो । निमित्त प्रमुख केसीले लोमान्थाङमा निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवनमा विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास कोठा निर्माण भएको जानकारी दिए ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पुर्याउन आधारभूत स्वास्थ्य सेवा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । अध्यक्ष गुरुङले पूर्वाधार बनिसकेको भए पनि सेवा सञ्चालन, उपकरण र जनशक्तिको व्यवस्थापनकार्य चुनौती भएको बताए। रासस

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ०९ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा