१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन रेसुङ्गा कर्पोरेट कप तथा मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ । महासंघको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता अन्तरगत कर्पोरेट कपको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले खेलको माध्यमबाट भातृत्व बिकासमा टेवा पुग्ने बताए ।

सधै समाजका लागि कलम चलाउने श्रमजिवीहरु खेलकूदको माध्यमबाट जोडिनु सकारत्मक भएको उल्लेख गरे । बुटवल-११ देविनगरस्थित ग्रिनफिल्ड फुटसल एरिनामा जारी प्रतियोगिता अन्तरगत आइतबार समूहचरणसहित पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ ।

पहिलो सेमफाइनल आयोजक महासंघ रुपन्देहीलाई पराजित गर्दै ईन्जिनियर्स एसोसिएसन रुपन्देही फाइनल प्रवेश गरेको छ । उसले महासंघलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैबीच अन्तिम सेमिफाइनल खेल सोमबार हुने प्रतियोगिताका संयोजक सुमन रश्मी श्रेष्ठले जानकारी दिए ।

सोमबार फाइनल प्रवेशका लागि शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बीच हुने संयोजक श्रेष्ठले जानकारी दिए । कर्पोरेट कप अन्तरगत २२ वटा समुहको सहभागिता रहेको थियो ।

जारी प्रतियोगितामा सोमबार मिडिया कप फुटसल प्रतियोगिता सुरु हुने छ । उक्त प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको छ ।

आपसी सद्भाव तथा भातृत्व बिकासका लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । महासंघले आयोजना गरेको कर्पोरेट कप फुटसलमा विजेताले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद राशी १५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरी मिडिया कपतर्फ विजेताले १७ हजार ७७७ र उप विजेताले ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दुवै इभेन्टमा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक तथा सर्वाधिक गोलकर्तालाई नगद राशीले सम्मान गरिने महासंघका सचिव सीपी खनालले जानकारी दिए । प्रतियोगितालाई जित र हारको रुपमा भन्दा पनि आपसी सद्भाव र सम्बन्ध बिस्तारएको रुपमा लिइएको उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ४८ बजे

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको