२१ भदौ २०८३, आइतबार | September 6, 2026

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता गर्दै



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७० औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिए ।

प्रतियोगिताले सञ्चारसंस्थाहरु र पत्रकारहरुका बीचमा आपसी सम्बन्ध विस्तार गर्न मदत पुर्‍याउनेछ । साथै, व्यवसायिक र पेशागत संघसंस्थाहरूबीच आपसी भाइचारा, सहकार्य, र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने हाम्रो विश्वास छ’-उनले भने । उनका अनुसार यो प्रतियोगिताबाट बचत भएको रकम नेपाल पत्रकार महासंघ रुपन्देहीको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कार कोषमा जम्मा गरिनेछ ।

यही चैत १६ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिताअन्तरगत १६ गते मिडिया कप र १७ र १८ गते कर्पोरेट कप आयोजना हुने सचिव सी.पी. खनालले जानकारी दिए ।

बुटवल ११ देवीनगर नमूना पथस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा हुने प्रतियोगितामा ११ वटा सञ्चार संस्थाहरु सहभागी हुने उनले बताए । प्रतियोगिता संयोजक सहसचिव सुमन श्रेष्ठका अनुसार बुद्ध टेलिभिजन, लुम्बिनी टेलिभिजन, लुम्बिनी अनलाइन, सबलपोष्ट डट कम, ग्लोबल आवाज, राज्य टेलिभिजन, मेचीकाली दैनिक, गर्जन पोष्ट, बुटवल टुडे दैनिक, तिलोत्तमा सिटी न्युज र समता टेलिभिजनले टीम दर्ता गराएका छन् ।

कर्पोरेटतर्फ टीम दर्ताका लागि १२ गते सम्म समय रहेकाले संघसंस्थाको टीम दर्ताको कार्य चलिरहेको उनले बताए । प्रतियोगितामा मिडिया कपका बिजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७ हजार ७ सय ७७ र अन्य विधागत पुरस्कार रहेको संयोजक श्रेष्ठले बताए ।

यस्तै कर्पोरेटतर्फ विजेताले २५ हजार र ट्रफी तथा उपबिजेताले १५ हजार र ट्रफी प्रदान गरिने उनले बताए । बुटवल उप-महानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रवर्द्धकमा तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका रहेका छन् । प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ३२ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा