४ पुस २०८२, शुक्रबार | December 19, 2025

राप्रपा सांसद दीपक बोहराको निधन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

उनले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर-३ बाट बालकृष्ण खाँणलाई पराजित गरेका थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।  रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

निर्वाचन प्रचारकै बेला अस्वस्थ रहेको बोहोराले प्रचारका क्रममा एक पटक पनि नबोलेरै चुनाव जितेका थिए । उनलाई निर्वाचनमा नेकपा एमालेले सघाएको थियो ।

बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोचोटि बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रुपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । उनी ०४३ मा पनि रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

उनी ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रुपन्देही-२ बाट निर्वाचित भएका थिए । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका थिए । त्यसपछि विस्तारै उनी राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । उनी ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बने ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको