१४ पुस २०८२, सोमबार | December 29, 2025

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने



काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुने उनको दाबी छ । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ३२ बजे

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये