८ आश्विन २०८३, बिहिबार | September 24, 2026

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध



काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताईन ।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताईन ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ४९ बजे

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु

तीन मिडिया माथी ट्रम्पले लगाएको प्रतिबन्ध अदालतद्वारा खारेज

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस परिसरमा प्रवेशमा

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको

एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित

काठमाडौं । जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको

विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य