४ पुस २०८२, शुक्रबार | December 19, 2025

एकीकृत समाजवादीद्वारा राजनीतिक सम्मेलनको तयारी



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूको राजनीतिक सम्मेलनको तयारी गरेको छ ।

मुलुकमा गणतन्त्र विरोधीद्वारा विद्यमान गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रर्दशन सुरु गरेपछि गणतन्त्रका पक्षधरको साझा दृष्टिकोण निर्माण गर्न राजनीतिक सम्मेलनको तयारी गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा रोजगारी र सुशासनका लागि नयाँ रुपरेखा तयार गरिनुका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा, राजनीतिक दलका नेतृत्वले गरेका कमीकमजोरी तथा समस्या समाधानका विकल्पलगायत विषयमा छलफल गरिने छ ।

पूर्वराजा समर्थक समूहले सुरु गरेको अराजक र हिंसात्मक आन्दोलनका विरुद्ध देशभरका जनतालाई सुसूचित गर्न आगामी दिनमा साझा मुद्दा बनाएर कार्यक्रम सञ्चालन गर्ने कार्यसूची सम्मेलनले तय गर्ने महासचिव भुसालले बताए ।

उनका अनुसार जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था, गरिबी निवारण, सुशासन, रोजगारीका सम्भावित क्षेत्र तथा अवसरबारे अन्तरक्रिया गरिने छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ५८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा