२५ श्रावण २०८३, सोमबार | August 10, 2026

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह



काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान साढे ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौं शीर्ष स्थानमा रहेको हो ।

काठमाडौंको एक्यूआई २२८ रहेको छ । यसलाई निकै अस्वस्थकर मानिन्छ । अहिले हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ । यस्तो अवस्थामा बाहिर व्यायाम नगर्न, घर र कार्यालयको झ्यालहरु बन्द गर्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र एयर प्युरिफायरको प्रयोग गर्न सुझाव दिइएको छ ।

यो सूचीमा भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः चीनको वुहान, कुवेतको कुवेत सिटी, भारतको मुम्बई, भियतनामको हानोई, थाइल्याण्डको चाङ माई, बंगलादेशको ढाका र चीनको छोङकिङ सहर रहेका छन् ।

जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ । यस अघि स्वास्थ्य मन्त्रालयले पनि प्रदूषित वायुको असरबाट बच्चको लागि उच्च सावधानी अपनाउन अपिल गरेको थियो । उपत्यकामा विशेष गरी बिहानको समयमा वायुको मात्रा एकदमै हानीकारक भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ११ : ५६ बजे

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह