काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा संघीय संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।
अखिल रूसी राजनीतिक दल (All-Russian Political Party) को आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘For the Freedom of Nations’ विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्कोतर्फ प्रस्थान गरेका हुन्।
प्रचण्डको सचिवालयका अनुसार सम्मेलनमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।
सम्मेलनमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरूबीच अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, राष्ट्रहरूको स्वतन्त्रता तथा समसामयिक विश्व राजनीतिक विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।
प्रचण्डको मस्को भ्रमणलाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा नेपाली कम्युनिस्ट पार्टीको सहभागिताका रूपमा हेरिएको छ।

















प्रतिक्रिया