१४ पुस २०८२, सोमबार | December 29, 2025

डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न माग पत्र बुझाइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीसहित जिल्लाका बौद्धिक समुदायका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले क्याम्पसका आवश्यक भौतिक पूर्वाधार निर्माणका साथै अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट विनियोजनमा प्राथमिकता दिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीसमक्ष माग पत्र प्रस्तुत गर्न पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरू गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा (एमाले)का जिल्ला अध्यक्ष मञ्जु मलासीलगायत प्रधानमन्त्री निवासमा उपस्थित थिए ।

दिपायल सिलगढी नगरपालिका-६, थाप्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत डोटी प्राविधिक आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने तयारी भए पनि जनशक्ति र बजेट अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा सहयोगका लागि ध्यानाकर्षण गराएको हो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताउँदै डोटी विकासमा पछाडि परेको वास्तविकताबारे आफू जानकार रहेकाले डोटीको विकास अब प्राथमिकतामा पर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले थालेका काम पूरा गर्ने र बजेट विनियोजन गर्दा स्रोत सुनिश्चित गरेर मात्र रकम छुट्याइने उल्लेख गर्दै खप्तड इञ्जिनियरिङ क्याम्पस पूर्वाधार निर्माण गर्दा छात्रावास पनि निर्माण गर्नसकेमा टाढाका विद्यार्थीलाई सहज हुने बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ३ : ४८ बजे

समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले

राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न

युवाहरुलाई प्रचण्डको आग्रह – शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची