२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

साउदीले लगायो भारतसहित १४ देशमाथी भिषा प्रतिबन्ध



काठमाडौं । इस्लाम धर्मको गढ मानिने साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र पारिवारिक भिसाका साथै उमराह भिसामा पनि लागू हुने जनाएको छ ।

यो उल्लेखनीय छ कि क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले अन्य देशका मानिसहरूलाई दर्ता बिना हजमा भाग लिनबाट रोक्न यो प्रतिबन्ध लगाएको हो। तर, यो अस्थायी प्रतिबन्ध सबै देशहरूमा मध्य जुनसम्म अर्थात् यस वर्षको हज पूरा नभएसम्म मात्र जारी रहनेछ। त्यसपछि भिसा कार्यक्रम सामान्य रूपमा लागू हुनेछ ।

उमराह भिसा अप्रिल १३ सम्म उपलब्ध हुनेछ । साउदी अरेबियाका अधिकारीहरूले भने कि विदेशीहरू यस महिनाको १३ तारिख अर्थात अप्रिल १३ सम्म मात्र उमराह भिसाका लागि आउन सक्छन् । १३ अप्रिलपछि उमराह भिसा रोकिने छ ।

वास्तवमा, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गत वर्ष हजारौं मानिसको मृत्युलाई ध्यानमा राख्दै यस वर्ष भिसा प्रतिबन्धको यो निर्णय लिएका हुन् । गत वर्ष हजका क्रममा भागदौडमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश अनधिकृत हज तीर्थयात्री थिए ।

यस्तो अवस्थामा यस वर्षको यो अस्थायी भिसा प्रतिबन्धको कारण दर्ता नभएका हज यात्रीहरूलाई रोक्नु हो । त्यसैले साउदी युवराज मोहम्मद बिन सलमानले हजको समयमा व्यवस्था कायम राख्न १४ देशको भिसा नियम परिवर्तन गरेका हुन ।

साउदी अरेबियाले भिसा प्रतिबन्ध लगाएको देशमा भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट, इन्डोनेसिया, नाइजेरिया, इराक, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन समावेश छन् ।

साउदी अरबको विदेश मन्त्रालयले यात्रा नियमलाई सरल बनाउन यो अस्थायी भिसा प्रतिबन्ध लगाइएको जनाएको छ । यसले हजको समयमा तीर्थ यात्रीहरूको सुरक्षामा सुधार हुनेछ र यात्रा धेरै सहज हुने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ०० बजे

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँके । बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्वजनिक

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र

सडक दुर्घटना न्यूनीकरण गर्न सुरक्षा प्रणालीमा सुधार गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता