१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा, दोस्रोमा दिल्ली



काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा आएको छ । काठमाडौंको एयर क्वालिटि इन्डेक्स (एक्यूआई) बिहान ७ः३० को मापन अनुसार २६२ रहेको छ । जुन निकै अस्वस्थ मानिन्छ । १ देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौंको हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौंमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवन, बिजुलीबजार, पुतलिसकडलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।

काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।

काठमाडौंको वायु प्रदूषण उच्च मात्रमा बढे संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक काम बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : ३८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा