१४ चैत्र २०८२, शनिबार | March 28, 2026

काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा, दोस्रोमा दिल्ली



काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा आएको छ । काठमाडौंको एयर क्वालिटि इन्डेक्स (एक्यूआई) बिहान ७ः३० को मापन अनुसार २६२ रहेको छ । जुन निकै अस्वस्थ मानिन्छ । १ देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौंको हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौंमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवन, बिजुलीबजार, पुतलिसकडलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।

काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।

काठमाडौंको वायु प्रदूषण उच्च मात्रमा बढे संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक काम बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : ३८ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री