२४ माघ २०८२, शनिबार | February 7, 2026

लुम्बिनी कपमा विभागीय टिम सहित ८ टिम सहभागि हुने, विजेतालाई ५ लाख पुरस्कार



नेपालगन्ज । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो ।

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनँले खेलमा यो प्रतियोगिता पछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पुर्वाधार मर्मत सम्हारमा पनि सहयोगजुट्ने बताए ।

नेपालगन्ज रंगशालामा आगामी बैशाख ५ गतेदेखी १२ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको ब्यबस्था गरिएको छ ।

लुम्बिनी कपमा घोषणागरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगितालेनयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएको छन् ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए ।

पत्रकारहरुको उपस्थितीमा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायहरुसँग सम्झौता पत्र आदान–प्रदान गरिएको थियो । जसअनुसार टिकट पार्टनर इसेवा नेपालगन्ज शाखाका म्यानेजर महेन्द्र रानालाई सचिवालय प्रमुख रमेश मल्लले सम्झौता पत्र हस्तान्तरण गरे । हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेसका संचालक दुर्गा नाथ अर्याललाई प्रतियोगिता समन्वय तथा परीचालन उपसमिति संयोजक तेज विक्रम शाहले फाइल हस्तान्तरण गरे ।

अफिसियल फिजियो पार्टनर मनमाया मेमोरियल फिजियोथेरापि सेन्टरका डाक्टर खेमा भण्डारीलाई प्रतियोगिताका पब्लिक रिलेसन म्यानेजर चाहना शाहले र सेक्युरिटी पार्टनर रक्षक सेक्युरिटीका सुपरभाइजर निम खत्रीलाई प्रतियोगिताका उपसमिति संयोजक निरज गौतमले, प्रत्यक्ष प्रसारणको लागि खेलाडी डटकम लुम्बिनी प्रदेश ब्युरो प्रमुख कमल खत्रीलाई राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य विनोद मैनालीले सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ४० बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको