२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको देउवाले गरे सराहना



ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् ।

पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

“मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाई दिदीबहिनी हुनुहुन्छ, मुलुककले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको छ ।’ सभापति देउवाले भने ।

सभापति देउवाले शिक्षकको माग सम्बोधन गर्नका लागि सरकारको ध्यान जानु पर्ने बताए । ‘वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्छ,’ देउवाले भने । उनका अनुसार शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जनाए ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मुल्य मान्यतालाई स्वीकार गरेर हार्दिकता प्रदर्शन गरिरेहको बताए ।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा पु¥याएको योगदान बिर्सन नसकिने बताए ।

अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सबै जातजाति,समुदायबीचको एकताबाटै देशको विकास गर्न सकिने बताए ।

त्यस अवसरमा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपालीको पहिचान भएको बताएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ११ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

बुटवल । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण