४ पुस २०८२, शुक्रबार | December 20, 2025

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली बर्दघाटमा



नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश जागरणअभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बर्दघाट पुगेको छ ।

आज साँझ यहाँ पुगेको टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले अध्यक्ष प्रचण्डसहितको टोलीले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता राजुराम पौडेलको परिवारलाई भेट्ने र आज राति त्यही बस्ने व्यवस्था मिलाइको बताए ।

पार्टीको बर्दघाट नगरकमिटी अध्यक्ष तजेन्द्र पुर्जाका अनुसार विद्यार्थी नेता पौडेललाई २०५८ साल फागुन २५ गते पोखराको नदीपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

बुधबार सहिद स्मृति सामुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेपछि अन्य राजनीतिक भेटघाट कार्यक्रम हुने नेता ज्ञवालीले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको