९ माघ २०८२, शुक्रबार | January 23, 2026

मालढुङ्गा-बेनी सडक धमाधम स्तरोन्नति हुँदै



म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ ।

मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए। करिब दुई किलोमिटर ढलान पनि गरिएको छ ।

चार वर्षअघि रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उहाँले बताउनुभयो । पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो ।

हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक-लामाखेत-पर्वतबेनी, केराबारी-मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : १० बजे

सभापति निर्वाचित भएपछि कांग्रेस केन्द्रीय कार्यालयमा सभापति थापाको पहिलो प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन

व्यवस्थित र मर्यादित भएर संसद्को जिम्मेवारी पूरा गर्न राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा विघटनको वर्तमान

चितवनमा साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी

गोरखा-२ बाट डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा–२

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले फिर्ता लिए उम्मेदवारी

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा देखिएको उम्मेदवारसम्बन्धी विवाद