१६ असार २०८३, मंगलबार | June 30, 2026

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा



काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले गम्भीर रूप लिँदै गएको छ । घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै दलित, महिला तथा मानव अधिकारकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । आन्दोलनरत समूह आजै राष्ट्रिय मानव अधिकार आयोगमा पनि पुगेर ध्यानाकर्षण गराउने तयारीमा छन् ।

यसैबीच घटनालाई लिएर जनस्तरबाट दबाब बढ्न थालेपछि प्रहरीले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली सुर्खेत पुगेको छ ।

गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ स्थित शहीद उद्यान परिसरभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी उनीहरूविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ४४ बजे

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत