४ पुस २०८२, शुक्रबार | December 20, 2025

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले यही वैशाख ९ गते काठमाडौँमा कार्यकर्ता भेला गर्ने भएको छ ।

पार्टीले कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षका अवसरमा भेला आह्वान गरेको हो । भेलामा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने भेलामा सबै जनवर्गीय सङ्गठनका कार्यप्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने जनाइएको छ ।

पार्टीको १०औँ महाधिवेशनमा पारित एजेण्डा, कार्यदिशा कार्यान्वयनको अवस्थाबारे छलफल गरिने भेलामा राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा पेस गरिनेछ ।

पार्टीले मातहतका कमिटीलाई देशभर कम्युनिष्ट पार्टी स्थापनाका अवसरमा राजनीतिक प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, वृक्षरोपणलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्य आयोजना गर्न पत्राचार गरेको महासचिव भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको