१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका लागि सङ्घकै अग्रजहरूले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

सङ्घका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शीतलनिवासमा आज भएको भेटमा उनले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकाले व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने बताए । राष्ट्रपति पौडेलले भने, “तपाईहरुको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ ।”

भेटमा अध्यक्ष डा केसीले सङ्घको वर्तमान अवस्था र मागबारे जानकारी गराएका थिए । भेटमा उपाध्यक्षद्वय डा हेमराज शर्मा, रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्कबहादुर केसी, अमेरिकाका प्रतिनिधि आरसी पन्त, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास तथा डा मीन रानाभाट (यूके), सङ्घका सिइओ राजेन्द्रकुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ११ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको