१६ माघ २०८२, शुक्रबार | January 30, 2026

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन



काठमाडौं । विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्।

उनलाई बुधबार महासंघका अध्यक्ष डा। रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्।

एक विज्ञप्ति जारी गर्दै अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन्। बास्तोला विश्व हिन्दु महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरिरहेका थिए।

महासंघ नेपालका सबै जिल्ला तथा पालिकाहरूसम्म विस्तार भएको संस्था हो। यसले वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना गर्न तथा पूर्वीय दर्शन, सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि निस्स्वार्थ काम गर्दै आएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : ५३ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र