रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकलसहित लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
सीमावर्ती भारतीय बजारबाट खरिदगरी भित्रयाइँदै गरेको तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।
बरामद सामान सहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रबाट जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित तस्करी नियन्त्रण अभियानले जिल्लामा अबैध सामानको संस्थागत तस्करी भएको देखिन्छ।




















प्रतिक्रिया