१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान



हुम्ला । व्यापार व्यवसायका निम्ति चीनको स्वशासित क्षेत्र तिब्बताको ताक्लाकोट जान चाहनेहरुलाई अस्थायी प्रवेश पास उत्तरी नाम्खा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयले वितरण गरेको छ ।

पुराङ काउन्टीको ताक्लाकोटबाट तिब्बतका विभिन्न स्थानमा आवतजावत गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायत क्षेत्रमा पुगेर ३७४ जनालाई नयाँ अस्थायी प्रवेश पास र पुरानो नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

हालसम्म जिल्ला प्रशासन कार्यालयबाट सात हजार ५४५ जनाले ताक्लाकोट आवतजावत गर्न प्रवेश पास लिएका उनले जानकारी दिए ।

हिउँदयामको हिउँले यारी नाकाको ठाडो ढुङ्गा क्षेत्रको सडक नखुलेका कारण दुई घण्टाको ओरालो पैदल हिँडेर हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । गाडी यारीसम्म मात्रै जाने भएकाले हिल्सा पुग्न ओरालो दुई घण्टा र हिल्साबाट उकालो यारी पुग्न चार घण्टाको पैदलमा भएर नागरिकको सेवा गरेको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ४५ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज