१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

शिक्षकका मागबारे प्रतिपक्षी दलहरूले संसदमा ल्याए जरुरी सार्वजनिक महत्वको प्रस्ताव



काठमाडौं । शिक्षकको मागप्रति सरकार गम्भीर नभएको जिकिर गदैै प्रतिपक्षी दलहरुले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको सो प्रस्तावलाई रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले समर्थन गरेका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा २७ दिनदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख गरिएको छ । प्रस्तावमा भनिएको छ, अगाडि भनिएको छ, ‘समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण मागहरु राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालयहरु हुँदै शिक्षा तथा मानवश्रोत विकास केन्द्रमा रिले अनशन पश्चात् काठमाडौं केन्द्रित शिक्षक आन्दोलनप्रति सरकारको कुनै पनि गम्भीर्यता पाइएन ।’

शिक्षक र चिकित्सकको आन्दोलनको आवाजलाई सरकारले बेवास्ता गर्दै आइरहेको उनीहरुले जनाएका छन् । सरकारको वेवास्ता गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक भएको उल्लेख गर्दै उनीहरुले यसबारे संसदमा छलफल आवश्यक रहेको जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : २१ बजे

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले