२ बैशाख २०८३, बुधबार | April 15, 2026

प्रचण्डद्वारा बर्दियाका सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया



बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बर्दिया जिल्लाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया र छलफलमा सहभागी भएकाछन् ।

जनताको माओवादी तराई मधेस जनजागर अभियान अन्तर्गत आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्न स्थानीय तहका नेताहरुलाई सहभागि नगराई खुला वातावरण सिर्जना गरिएको थियो। अन्तरक्रियामा सहभागी दुबै स्थानीय तहका सहिद तथा बेपत्ता परिवारले संयुक्त रूपमा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका थिए।

अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।

गुनासाहरू सुनेपछि अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै भने, “पार्टीले वर्गीय र सहिद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ। हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दुखसुख साट्दै आएका छौँ।”

उनले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको प्रसंग स्मरण गर्दै भने, “शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि पार्टी जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छ।”

अध्यक्ष प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए । उनले भने, “आयोग बनेपछि सहिद तथा बेपत्ता परिवारका नाममा पार्क बनाइने, प्रमाणपत्र वितरण गरिने र कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिएको छ। साथै, सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीका रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ।”

बर्दिया जिल्ला राज्यद्वारा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएको जिल्ला भएको अध्यक्ष प्रचण्डले स्मरण गरे। उनले भने, ‘संयुक्त राष्ट्रसंघको रेकर्डअनुसार समेत बर्दियामा सबैभन्दा बढी बेपत्ता घटना भएका छन्।’

कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रचण्डले सबै सहिद तथा बेपत्ता परिवारलाई पार्टीको विचार, नीति र मार्गनिर्देशनको पक्षमा दृढ रहन आग्रह गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : २९ बजे

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार