१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सर्वोच्चको आदेश कार्यान्वयन गर्न र वार्ताबाट समाधान खोज्न बार एसोसिएसनको अपिल



काठमाडौँ । नेपाल बार एसोसिएसनले शिक्षकहरूको आन्दोलनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र वार्ताबाटै समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेको छ ।

बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी शिक्षकका उचित मागको न्यायपूर्ण समाधानका लागि पहल गर्न सङ्घीय संसद्, नेपाल सरकार र नेपाल शिक्षक महासङ्घलगायत सबै सरोकार भएका पक्षसँग अपिल गरेका हुन् ।

बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जनजीवन प्रभावित भई जनजीवन कष्टकर हुँदै गइरहेकातर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “आफ्ना माग पूरा गर्न संविधानप्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गर्न, आन्दोलनमा बल प्रयोग नगर्न नगराउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द रहेको, पठनपाठन नभई विद्यार्थीको संविधानप्रदत्त शिक्षासम्बन्धी हकको हनन भई निर्धारित परीक्षा अवरुद्ध भएका छन् । यसमा सबै गम्भीर बन्न नेपाल बार एसोसिएसन हार्दिक आग्रह गर्दछ ।”

शान्ति र प्रजातन्त्रका लागि पेसागत सञ्जालसँग आबद्ध शिक्षकको साझा संस्था नेपाल शिक्षक महासङ्घले पेसागतलगायत माग राखी आन्दोलन भइरहेको सन्दर्भमा यही वैशाख १४ गते दोहोरो झडप भई पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरू घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै बारले उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : २३ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज