३ पुस २०८२, बिहिबार | December 18, 2025

मन्त्रिपरिषद् बैठक : शिक्षकका आन्दोलन वार्ताबाटै समाधान गरिने



काठमाडौँ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।

बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए ।

त्यसैगरी बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

प्रवक्ता गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको छ । शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेको बताइएको छ ।

गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।

सरकार र शिक्षकहरुबिच पटकपटक छलफल भएपनि शिक्षकहरुका माग सम्बोधन भने हुन सकेको छैन । शिक्षकहरु भने नयाँ विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १० : २३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका