१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मन्त्रिपरिषद् बैठक : शिक्षकका आन्दोलन वार्ताबाटै समाधान गरिने



काठमाडौँ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।

बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए ।

त्यसैगरी बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

प्रवक्ता गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको छ । शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेको बताइएको छ ।

गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।

सरकार र शिक्षकहरुबिच पटकपटक छलफल भएपनि शिक्षकहरुका माग सम्बोधन भने हुन सकेको छैन । शिक्षकहरु भने नयाँ विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १० : २३ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक