२३ भदौ २०८३, मंगलबार | September 8, 2026

च्याम्पियन्स लिग : रोमान्चक खेलमा बार्सिलोना र इन्टर मिलानबिच बराबरी



काठमाडौं । बार्सिलोना र इन्टर मिलानले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो । पहिलो हाफमा नै ४ गोल हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले २-० ले पछि परेको खेललाई उल्टाउँदै पहिलो हाफमा नै बराबरी गरेको थियो ।

खेल सुरु भएको ३० सेकेन्डमै मार्कस थुरामले इन्टरलाई आश्चर्यजनक अग्रता दिलाए । उनको प्रहारले बार्सिलोनाका गोलकिपर वोज्शिएच शेज्नीलाई छक्यायो ।

डेनजेल डम्फ्रिजले २१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसमा पनि बार्सिलोनाका गोलकिपरको केहि लागेन । तर २४ औं मिनेटमा लामिन यामालको अद्भुत व्यक्तिगत कौशलमा गोल‌ गर्दै अन्तर घटाए । ३८ औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरी सकियो ।

दोस्रो हाफमा पनि बार्सिलोनाले खेलमा पकड बनाएको थियो । तर ६३ औं मिनेटमा डम्फ्रिजले कर्नरबाट आएको बलमा हेडरमार्फत दोस्रो गोल गरे । त्यसपछि ६५ औं मिनेटमा राफिन्हाको पेनाल्टी बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहा यान सोमरको आत्मघाती गोलमा परिणत भयो र खेल बराबरी भएको थियो । यस अघि मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : ३० बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३