२० मंसिर २०८२, शनिबार | December 6, 2025

च्याम्पियन्स लिग : रोमान्चक खेलमा बार्सिलोना र इन्टर मिलानबिच बराबरी



काठमाडौं । बार्सिलोना र इन्टर मिलानले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो । पहिलो हाफमा नै ४ गोल हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले २-० ले पछि परेको खेललाई उल्टाउँदै पहिलो हाफमा नै बराबरी गरेको थियो ।

खेल सुरु भएको ३० सेकेन्डमै मार्कस थुरामले इन्टरलाई आश्चर्यजनक अग्रता दिलाए । उनको प्रहारले बार्सिलोनाका गोलकिपर वोज्शिएच शेज्नीलाई छक्यायो ।

डेनजेल डम्फ्रिजले २१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसमा पनि बार्सिलोनाका गोलकिपरको केहि लागेन । तर २४ औं मिनेटमा लामिन यामालको अद्भुत व्यक्तिगत कौशलमा गोल‌ गर्दै अन्तर घटाए । ३८ औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरी सकियो ।

दोस्रो हाफमा पनि बार्सिलोनाले खेलमा पकड बनाएको थियो । तर ६३ औं मिनेटमा डम्फ्रिजले कर्नरबाट आएको बलमा हेडरमार्फत दोस्रो गोल गरे । त्यसपछि ६५ औं मिनेटमा राफिन्हाको पेनाल्टी बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहा यान सोमरको आत्मघाती गोलमा परिणत भयो र खेल बराबरी भएको थियो । यस अघि मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : ३० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय