३ भदौ २०८३, बुधबार | August 20, 2026

१८ औं मनमोहन स्मृति वडास्तरीय फुटबल प्रतियोगिता : वडा नं ६ को विजयी शुरुवात



बुटवल । १८ औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं ६ ले विजयी शुरुवात गरेको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार भएको उद्घाटन खेलमा वडा नं ६ ले वडा नं १६ लाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको निक्कै प्रतिस्प्रधात्मक खेलको २६ औ मिनेटमा वडा नं ६ का आवेश शाहीले गोल गर्दै अग्रता दिलाए । वडा नं ६ का विलज पुन मगरले खेलको ५३ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर गरे । खेलमा वडा नं ६ का विलज पुन मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको प्लेयर अफ दी म्याचवापतको रकम सौजन्यकर्ता जिल्ला कमिटिका दिपक खड्गीले पुरस्कृत वितरण गरे ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गर्दै नगर खेलमय भएको दाबी गरे ।

कार्यक्रममा उपप्रमुख सवित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, बुटवल उपमहानगर ईन्चार्ज गोपाल राना, भुमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नेकपा एमाले प्रदेश कमिटि सदस्य बाबुराम भट्टराई, नेकपा एमाले पार्टी जिल्ला सदस्य नहकुल शाही, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य केशव रोक्का, केन्द्रिय सदस्य बुद्घिराज थापा, कल्पना पाण्डे मगर, जिल्ला अध्यक्ष कृष्ण कुमाल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले देशमा योगदान गरेका राजनितिक ब्यक्तिको नाममा खेल प्रतियोगिता आयोजना गरेर युवाहरुबाट उत्कृष्ट काम भएको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए ।

यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । शुक्रबार बिहान ८ बजे वडा नं १० र १९ तथा साझ वडा नं ५ र १७ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : २५ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने