१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

विनयी खोलाले डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : ३५ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा