१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सङ्घीय संसद् बैठक : राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम पेश



काठमाडौं । काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेललाई संसद् भवन गेटदेखि नेपाली सेनाको ‘रिसल्ला’सहितको राजकीय सम्मानको प्रदान गरिएको थियो । नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
बैठकमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता छ ।
आज संसद् भवन परिसर राष्ट्रिय झण्डासहतिका ध्वजापताकाले सिङ्गारिएको छ । भवन परिसरमा रहेको ‘वाटर फाउन्टेन’बाट आमन्त्रित पाहुनाको स्वागत गरिएको छ । सचिवालयले विशेष प्रवेश पाससहति ४०० भन्दा बढी अतिथिलाई नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा निमन्त्रणा गरेको छ ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : १९ बजे

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण