४ पुस २०८२, शुक्रबार | December 20, 2025

१८ औं मनमोहन स्मृति वडास्तरीय फुटबल प्रतियोगिता : वडा नं १० र १७ विजयी



बुटवल । बुटवलमा जारी १८ औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं १० र १७ विजयी भएका छन । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा शुक्रबार बिहान भएको खेलमा वडा नं. १० ले वडा नं. १९ लाई ३-१ तथा वडा नं. १७ ले वडा नं. ५ लाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. १० जितमा सुरज गुरुङ नायक रहे । उनले खेलको १३ औ र पहिलो हाफको ईन्जुरी समयमा गोल गरे । यसैगरि वडा नं. १० का आसमान थापा क्षेत्रीले खेलको २७ औं मिनेटमा गोल गरे । वडा नं. १९ का सोभित गौतमले पहिलो हाफको इन्जरी समया सान्त्वना गोल गरे । प्रतियोगिताको वडा नं. १० का सुरज गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दिउसो भएको खेलमा वडा नं. १७ को जितमा खेलको १५ औं मिनेटमा सिजन परियार र ३५ औ मिनेटमा बिर बहादुर थारुले गोल गरे । खेलमा वडा नं. १७ का विजेन सुर्यबंशी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए ।

यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । शनिबार बिहान ८ बजे वडा नं १५ र १४ तथा दिउसो वडा नं ८ र २ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको