२ पुस २०८२, बुधबार | December 17, 2025

दुर्घटना न्यूनीकरणका लागि बजेट विनियोजन गर्न यातायात व्यवसायीको माग



काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला नेतृत्वको टोलीले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर दुर्घटना न्यूनीकरण गर्नका लागि आगामी आर्थिक वर्ष २०८२र८३ मा आवश्यक बजेट विनियोजन गर्न माग गरेको हो ।

दुर्घटनाको वार्षिक तथ्याङ्क हेर्दा दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारीसाधनबाट लगभग ७९ प्रतिशत दुर्घटना भएको प्रमाणित भएको भन्दै न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजनका लागि महासङ्घले माग गरिएको उपाध्यक्ष सिटौलाले बताए ।

उनले लामो समयदेखि सञ्चालनमा नरहेका, बिग्रिएर रहेका, पत्रु अवस्थामा रहेका हजारौँ निजी र सार्वजनिक सवारीसाधनको तथ्याङ्क यातायात व्यवस्था कार्यालयमा रहेका उल्लेख गरे । प्रत्येक वर्ष कर वृद्धि भई सम्बन्धीत सवारी धनीले लागत कट्टा गर्न नसक्ने अवस्था भएकाले एक आवको सबै कर लिई अन्य आवको कर छुट तथा लागत कट्टा गर्ने व्यवस्था मिलाउन माग गरिएको उनको भनाइ छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले सवारी बिमा दर निर्देशिका, २०७३ लाई समयअनुकूल संशोधन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको जानकारी दिए ।

महासङ्घले सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनमा विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिलाई छुटको व्यवस्था गरेबापत सरकार र महासङ्घबीच भएको तत्कालीन सम्झौताअनुसार वार्षिक रूपमा यात्रुवाहक सवारीलाई ६० प्रतिशत कर, रुट परमिट र वार्षिक करमा छुट दिने व्यवस्था गरिएकामा सम्झौता कार्यान्वयन नभएको भन्दै उक्त व्यवस्था यथाशीघ्र लागू गर्नसमेत सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ३६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष