१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नेपाल–चीन साझेदारी ऐतिहासिक र मजबुत छन्ः सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विकास प्रयासमा छिमेकी चीनको सहयोग प्रसंशनीय रहेको बताएका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा जिपी कोइराला फाउन्डेसनले आज यहाँ आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उनले नेपाल–चीन सांस्कृतिक, आर्थिक र सामाजिक साझेदारी ऐतिहासिक र मजबुत रहेको बताए ।

नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायत क्षेत्रमा चिनियाँ सहयोगप्रति आभार प्रकट गर्दै सभापति देउवाले आगामी दिनमा चिनियाँ सहयोग थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

“फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने, जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दछु”,उनले भने, “नेपाल–चीन सांस्कृृतिक र शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनाका साथै यसले दुई देशका जनताबीच आपसी सहमति र सहकार्यको भावना जागृत गराउने छ ।”

पूर्वप्रधानमन्त्री देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पारे ।

कांग्रेस नेता डा शेखर कोइरालाले नेपालको विकास प्रयासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध उदाहरणीय रहेको बताए । नेपाल एक चीन नीतिको पक्षमा निरन्तर उभिँदै आएको जनाउँदै उनले छिमेकीका रूपमा चीनको चासोलाई नेपालले उच्च महत्व दिँदै आएको बताए ।

नेपालका लागि चीनका राजदूत चेन सोङले आपसी सहकार्य र मित्रताका आधारमा चीन नेपाल सम्बन्ध अघि बढिरहेको बताए । नेपाल र चीनबीच आर्थिक, व्यापारिकलगायत विविध क्षेत्रमा सहकार्य रहँदै आएको भन्दै उनले दुवै देशका तर्फबाट भएका उच्चस्तरका भ्रमण आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताए ।

जिपी कोइराला फाउण्डेशनका अध्यक्ष एवं कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा तस्बिर प्रदर्शनी आयोजना गरिएको बताइन् ।

राजनीतिक, सांस्कृतिक र जनस्तरको आदानप्रदानसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको जनाउँदै उनले प्रदर्शनीबाट नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिन् ।

नेपाल–चीन दौत्य सम्बन्धको सात दशकका ऐतिहासिक क्षणलाई प्रदर्शनीमा राखिएका छन् । राज्य प्रमुखको भ्रमण तथा सांस्कृतिक आदानप्रदान, जनस्तरको निकटतम् सम्बन्ध र विश्वासलाई प्रदर्शनीमार्फत प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ०२ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा