१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

राजमार्ग चौराहाबाट लागुऔषध सहित २ जना पक्राउ



बुटवल । बुटवलको राजमार्ग चौराहाबाट लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको सुनौली नाकाबाट नेपाल भित्राएर पोखरा लैजाने क्रममा प्रहरीले बुटवलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं ३१ का ३२ वर्षिय सागर नेपाली र स्याङजा पुतलीबजार नगरपालिका वडा नं ९ का २३ वर्षिय सुजित नेपाली रहेका छन् ।

राजमार्ग चौराहा स्थितमा लागुऔषध कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरीकार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेको नेपाली द्वयबाट नेपालमा प्रतिबन्धित बिभिन्न प्रकारको लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्रउ परेकाहरुले प्रयोग गरेको ग १६ प ५२४६ नम्बरको सकुटरबाट २ एमएलको बुप्रेनरफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल र डाइजोपाम ५० एम्पुल बरामद भएको छ । उनीहरुले स्कुटरको डिक्कीमा राखेर पोखरा तर्फ जाने तरखरमा रहेका उनीहरुलाई बाटैबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

नेपाली द्वयलाई लागु औषध कारोवार नियन्त्रण मुद्दामा रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालतबाट म्याद थप भई इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : २० बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको