४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजमार्ग चौराहाबाट लागुऔषध सहित २ जना पक्राउ



बुटवल । बुटवलको राजमार्ग चौराहाबाट लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको सुनौली नाकाबाट नेपाल भित्राएर पोखरा लैजाने क्रममा प्रहरीले बुटवलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं ३१ का ३२ वर्षिय सागर नेपाली र स्याङजा पुतलीबजार नगरपालिका वडा नं ९ का २३ वर्षिय सुजित नेपाली रहेका छन् ।

राजमार्ग चौराहा स्थितमा लागुऔषध कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरीकार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेको नेपाली द्वयबाट नेपालमा प्रतिबन्धित बिभिन्न प्रकारको लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्रउ परेकाहरुले प्रयोग गरेको ग १६ प ५२४६ नम्बरको सकुटरबाट २ एमएलको बुप्रेनरफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल र डाइजोपाम ५० एम्पुल बरामद भएको छ । उनीहरुले स्कुटरको डिक्कीमा राखेर पोखरा तर्फ जाने तरखरमा रहेका उनीहरुलाई बाटैबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

नेपाली द्वयलाई लागु औषध कारोवार नियन्त्रण मुद्दामा रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालतबाट म्याद थप भई इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : २० बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ