४ पुस २०८२, शुक्रबार | December 20, 2025

सम्झना रणपालको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक



काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा एक पछिल्लो उत्कृष्ट सिर्जना थपिएको छ । कुशाल बेलबासे, रेशम निर्दोष, सम्झना रणपाल र बिधान कार्कीको सशक्त स्वरमा सजिएको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक भएको हो ।

शिव हमालको शब्द रचना र बिधान कार्कीको संगीत रहेको यो गीत सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतले नेपाली मौलिकता र पञ्चेबाजाको सांगीतिक गहिराइलाई समेट्दै जनजीवनका भावनालाई उजागर गरेको छ । यस गीतमा विशेष गरी परम्परागत नेपाली संस्कृति, लोक धुन, र विवाह संस्कृतिको झल्को दिने पञ्चेबाजाको प्रयोगले संगीतप्रेमीहरूलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ ।

गीतमा अनिल पौडेल र सृष्टि रनपालको मुख्य अभिनय देख्न सकिन्छ, जसले गीतको कथावस्तुलाई दृश्यरूपमा जीवन्त बनाएका छन् । गीतको भिडियोमा नेपाली गाउँले परिवेश, विवाह संस्कार, र प्रेमका भावहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल देखिन्छ ।

‘मन मान्दैन’ नेपाली लोकसंगीतमा प्रेम, संस्कार, र संस्कृति जोड्ने अर्को महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको