९ चैत्र २०८२, सोमबार | March 23, 2026

मोतीहारीमा ४ जना चिनियाँ नागरिक पक्राउ



रौतहट । भारत पाकिस्तान बीच युद्द हुने अवस्थामा रहेका बेला भारतको बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनियाँ नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीन हुनान प्रान्तका डेन विजोन ,लीं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताए ।

भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा अवैध रूपमा भारतीय क्षेत्रबाट प्रवेश गरेका चारैजना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी प्रभातले बताए । भारतीय क्षेत्रमा प्रवेश गर्दैगर्दा पक्राउ परेका चिनियाँ नागरिक माथि हरैया थानामा (प्राथमिकी) एफआईआर दर्ता गरी अनुसन्धान तथा कार्वाही शुरू गरिएको एसपी प्रभातले बताए ।

भारतीय प्रहरीका अनुसार चारैजना नेपाल सीमाबाट अवैध रूपमा भारत प्रवेश गरिरहेका थिए। पक्राउ परेका मध्ये एकजना महिला पनि छिन्। उक्त महिलाले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी भारतीय प्रहरीले जनाएको छ। हाल उनीहरू मोतीहारी प्रहरीको नियन्त्रणमा लिएर सुरक्षा एजेन्सीहरूले सोधपुछ गरिरहेका छन्।

चारैजना चिनियाँ नागरिकलाई आज जिल्ला अदालत मोतीहारीमा उपस्थित गराइने भारतीय प्रहरीको योजना रहेको छ। पक्राउ परेकी महिलाले आफूलाई नेपालको नागरिक भएको दाबी गर्दै हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्ने गरेकी प्रहरीको भनाई छ।

भारतीय सेनाले पाकिस्तान माथी मंगलवार राती अपरेशन सिन्दूर चलाएपछि अबैध घुसपैठ हुनसक्ने आशंकामा नेपालका सशस्त्र प्रहरीका साथै भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत र नेपालको सीमाना हाई अलर्ट बनाएको छ। भारतीय सीमामा नेपालबाट आउने र जाने सबै मानिसहरूको निगरानी तथा राम्ररी जाँच भइरहेको छ । भारत प्रवेश गर्ने मानिसको एसएसबिले अनिवार्य परिचयपत्र जाँच गरिरहेका छन्।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ११ : ४३ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले