२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु



बुटवल । नेपाली सेनाको श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले अन्तर्गत युनिटहरुका खेलाडीहरुका बीचमा “बाहिनीपति ट्रफी २०८२” शुरु भएको छ। प्रतियोगिताको बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले आपसी सम्बन्ध र भाइचारा स्थापित गर्नुका साथै शारिरीक तन्दुरुस्ती समेत वृद्धि गर्ने बताए ।

कार्यक्रममा बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी सुरेश थापा, अन्तर्गत युनिटहरुका युनिटपतिहरु, बाहिनी अड्डाका स्टाफ अधिकृत, पदिक, सकलदर्जालगायत सम्पूर्ण विधाका अफिसियलको उपस्थिति थिए ।

राष्ट्रलाई विश्वसामू पहिचान गराउन खेलकुद एक अभिन्न अङ्ग भएकोले नेपाल तथा नेपाली सेनालाई विश्व सामु चिनाउन, खेलकुद क्षेत्रको विकास एवम् विस्तार र खेलकुदको क्षेत्रलाई फराकिलो पार्ने उद्देश्य अनुरुप श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले बाहिनीपति ट्रफी आयोजना गरेको हो ।

प्रतियोगितामा पहिलो दिन पुरुषतर्फ १०० मिटर दौड र सटपुट एवम् महिलातर्फ १०० मिटर दौड सञ्चालन भएको थियो । प्रतियोगितामा प्रत्येक युनिटहरुमा छुट्टाछुट्टै विधाहरु फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, जुडो, स्वीमिङ्ग, एथ्लेटिक्स लगायतका खेलहरु यही वैशाख ३१ गतेसम्म सञ्चालन हुने छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १२ : ४३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल