काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्धको बिषय उठान भएको छ।
नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए । उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’
उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन्।
‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछुञ उनले भने ।



















प्रतिक्रिया