४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिद्धबाबामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु



बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बेलुकी पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटना हँदा चालक रुपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २५१७ नम्बरको रित्तो टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्परको अचानक टायर पञ्चर भई अनियन्त्रीत हुँदा सडकबाट झण्डै ६५ मिटर तल तिनाउ खोलाको किनारमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चालक यादबलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको