२२ असार २०८३, सोमबार | July 6, 2026

बुटवलमा शनिबार अन्तर रोटरी ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता हुने



बुटवल । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा महिला पुरुष ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता हुने भएको छ । यही वैशाख २७ गते शनिबार देविनगर व्याडमिन्टन क्लबमा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ ।

प्रतियोगितामा रोट्रयाक्ट र रोटरी क्लबहरुमा आबद्ध भएका सदस्यहरु सहभागी हुन पाउने कार्यक्रम संयोजक समिर पाण्डेले जानकारी दिए । ब्याडमिन्टन र टेबलटेनिस दुवै प्रतियोगतामा महिलापुरुष सिंगल र डबल गरी ४ वटा मापदण्डमा प्रतिस्पर्धा गराइने उनले बताए ।

दुवै प्रतियोगतामा बिजेता हुने टिमले सिंगलतर्फ नगद ३ हजार, मेडल र प्रमाणपत्र तथा डबलतर्फ ५ हजार नगद, मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक पाण्डेले बताए । प्रतियोगितामा सहभागि हुन सिंगलतर्फ एक टिमलाई ३ सय र डबलतर्फ ५ सय शुल्क तोकिएको उनले बताए ।

प्रतियोगितामा करिब ७० वटा टिम सहभागी हुने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सरोज पाण्डेले बताए ।

दुवै प्रतियोगितामा स्वत्रन्त्र रेफ्री रहने बताउँदै विवादरहित ढंगले कार्यक्रम सम्पन्न हुने उनले बताए । प्रतियोगितामा सहभागी हुने टिमले शुक्रबार साँझसम्म नाम दर्ता गरीसक्नुपर्ने अध्यक्ष पाण्डेले बताए । एउटा क्लबबाट एक भन्दा टिम पनि सहभागी हुन पाउने तर खेलाडी क्लबको सदस्य हुनुपर्ने उनले बताए ।

खेल क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष बिमल ढकालले बताए । साथै उनले प्रतियोगितामा सहभागिताका लागि आग्रह पनि गरे । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ५४ बजे

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका