७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

बुटवलमा शनिबार अन्तर रोटरी ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता हुने



बुटवल । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा महिला पुरुष ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता हुने भएको छ । यही वैशाख २७ गते शनिबार देविनगर व्याडमिन्टन क्लबमा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ ।

प्रतियोगितामा रोट्रयाक्ट र रोटरी क्लबहरुमा आबद्ध भएका सदस्यहरु सहभागी हुन पाउने कार्यक्रम संयोजक समिर पाण्डेले जानकारी दिए । ब्याडमिन्टन र टेबलटेनिस दुवै प्रतियोगतामा महिलापुरुष सिंगल र डबल गरी ४ वटा मापदण्डमा प्रतिस्पर्धा गराइने उनले बताए ।

दुवै प्रतियोगतामा बिजेता हुने टिमले सिंगलतर्फ नगद ३ हजार, मेडल र प्रमाणपत्र तथा डबलतर्फ ५ हजार नगद, मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक पाण्डेले बताए । प्रतियोगितामा सहभागि हुन सिंगलतर्फ एक टिमलाई ३ सय र डबलतर्फ ५ सय शुल्क तोकिएको उनले बताए ।

प्रतियोगितामा करिब ७० वटा टिम सहभागी हुने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सरोज पाण्डेले बताए ।

दुवै प्रतियोगितामा स्वत्रन्त्र रेफ्री रहने बताउँदै विवादरहित ढंगले कार्यक्रम सम्पन्न हुने उनले बताए । प्रतियोगितामा सहभागी हुने टिमले शुक्रबार साँझसम्म नाम दर्ता गरीसक्नुपर्ने अध्यक्ष पाण्डेले बताए । एउटा क्लबबाट एक भन्दा टिम पनि सहभागी हुन पाउने तर खेलाडी क्लबको सदस्य हुनुपर्ने उनले बताए ।

खेल क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष बिमल ढकालले बताए । साथै उनले प्रतियोगितामा सहभागिताका लागि आग्रह पनि गरे । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ५४ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको