२२ असार २०८३, सोमबार | July 6, 2026

आइसिसी महिला विश्वकप छनोट अन्तर्गत नेपालले बहराइनलाई ९ विकेटले हरायो



काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध ९ विकेटको जित निकालेको छ । वर्षाका कारण खेललाई ५.५ ओभरमा सीमित गरिएको थियो । बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाइन् । उनी रनआउट भएकी हुन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् भने कप्तान इन्दु वर्मा ५ बलमा ७ रन जोड्दै अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनायो । उसका लागि दिपिका रसंगिकाले १३ बलमा ६ चौका र १ छक्कासहित नटआउट ३४ रनको धमाकेदार इनिङ खेलिन् । थरान्गा गजनायाकेले ३ रन र जेनाब फाजिलले २ रनको योगदान दिइन् ।

नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिएकी थिइन् । खेलको अन्तिम ओभरमा बलिङ गरेकी सबनम राईलाई दिपिकाले १ छक्का र ३ चौकासहित २० रन हानेपछि बहराइनले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । प्रतियोगिता अन्तर्गत यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ११ : ३५ बजे

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत