४ पुस २०८२, शुक्रबार | December 19, 2025

१८ औं मनमोहन स्मृति फुटबल : उपाधिका लागि वडा नं. ११ र १२ भिड्ने



बुटवल । बुटवलमा जारी १८ औं मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं.११ र वडा नं.१२ बिच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ । शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं.११ ले वडा नं.१० लाई सडेन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।

यसैगरि बिहिबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं.१२ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नं.१७ विजयी भएको थियो । टिममा बाहिर खेलाडी राखेको उजुरीको आधारमा वडा नं.१७ अयोग्य घोषित भई बाहिरिएसंगै वडा नं.१२ फाईनलमा पुगेको संघका अध्यक्ष गणेश बोहराले बताए । ‘दुई दिनसम्म छानबिन गरि यो निर्णय लिएको हौ ।’-उनले भने ।

शुक्रबार सिद्धेश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको १२ र ४७ औं मिनेटमा वडा नं.१० का अनुप गुरुङले गोल गरेका थिए । वडा नं.११ का दर्शन बिकले खेलको ४० औं र अनिल क्षेत्रीले ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलियो । खेलमा वडा नंं.११ का अनिल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए । यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ०३ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म