१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

१८ औं मनमोहन स्मृति फुटबल : उपाधिका लागि वडा नं. ११ र १२ भिड्ने



बुटवल । बुटवलमा जारी १८ औं मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं.११ र वडा नं.१२ बिच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ । शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं.११ ले वडा नं.१० लाई सडेन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।

यसैगरि बिहिबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं.१२ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नं.१७ विजयी भएको थियो । टिममा बाहिर खेलाडी राखेको उजुरीको आधारमा वडा नं.१७ अयोग्य घोषित भई बाहिरिएसंगै वडा नं.१२ फाईनलमा पुगेको संघका अध्यक्ष गणेश बोहराले बताए । ‘दुई दिनसम्म छानबिन गरि यो निर्णय लिएको हौ ।’-उनले भने ।

शुक्रबार सिद्धेश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको १२ र ४७ औं मिनेटमा वडा नं.१० का अनुप गुरुङले गोल गरेका थिए । वडा नं.११ का दर्शन बिकले खेलको ४० औं र अनिल क्षेत्रीले ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलियो । खेलमा वडा नंं.११ का अनिल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए । यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ०३ बजे

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक