६ माघ २०८२, मंगलबार | January 20, 2026

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन । त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।

राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : २२ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच