१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भारत र पाकिस्तानलाई संयमित हुन आग्रह गर्‍यौं, युद्ध रोकियो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले संयमित हुन गरेको आग्रहलाई भारत र पाकिस्तानले स्वीकार गरेको बताएका छन् ।

सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको जिकिर गरेका हुन् ।

उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालको अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्। ‘भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्‍यौँ, युद्ध पनि रोकियो । संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’ उनले भने।

प्रधानमन्त्रीले भारत–पाकिस्तानबीच फेरि पनि आरोप प्रत्यारोपको स्थिति रहेको अवस्थामा बुद्धका शान्तिका सन्देशहरू सान्दर्भिक रहेको बताए । उनले भने, ‘बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक छ्न ।’

उनले उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे ।

 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : ४१ बजे

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

नयाँ प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहले आज शपथ लिँदै

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको