४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालको मतदाताको संख्या १ करोड ८१ लाख ४८ हजार ६५४, पाँच महिनामा थपिए १२ हजार १२४ मतदाता



काठमाडौं । निर्वाचन आयोगले चैत्र मसान्तसम्म १८ वर्ष पुगेका बालिक मतदाताको मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको हो ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि आयोगको वेवसाइटमाप्रकाशितगरी अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटिभएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरेको थियो। तोकिएको सम्पूर्ण प्रक्रिया पूरा भएकोले आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको आयोगले जनाएको छ ।

प्रकाशित नामावली अनुसार नेपालमा महिला मतदाता ८९ लाख १० हजार ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ तथा अन्य मतदाता १८६ गरी चैत्र मसान्तसम्म जम्मा १ करोड ८१ लाख ४८ हजार ६५४ जनाको मतदाता नामावलीमा अन्तिम मतदाता नामावली कायम भएको छ।

यसअघि गत कार्तिक २६ गते प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८, अन्य मतदाता १८७ गरी जम्मा १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो। विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएतापनि महिला मतदाता ७ हजार ६९९ र पुरुष मतदाता १२ हजार १२४ थप भई जम्मा १९ हजार ८२२ जना मतदाता थप भएको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १० : ०१ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ