३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

सर्वोच्चको आदेशसँगै ४८ दिन थुनामा बसेर मिश्र हाजिर जमानीमा थुनामुक्त भएका छन् । यसअघि सातपटकसम्म काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ थुनामा रहेका मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले वैशाख ३० मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् ।

उक्त रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउँसहित बन्दी उपस्थित गराउने आदेश गरेको थियो । शुक्रबार दिनभरको बहसपछि न्यायाधीशद्वय चुडाल र श्रेष्ठको इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा त्यसै दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा थिए ।

उक्त घटनामा पक्राउ परेका अन्य आरोपितहरू मनोजकुमार मण्डल, मनीषकुमार शाही, पशुपति खड्का, मुनिन्द्र राजभण्डारीको बन्दीप्रत्यक्षीकरण रिट भने सर्वोच्चले यसअघि खारेज गरिदिएको छ ।

एकै घटना तथा वारदातमा संलग्न सामान्य नागरिकको हकमा एउटा विधि तथा पद्धति तथा धनी र ‘सेलिब्रिटीहरू’का लागि फरक व्यवहार गरिनु संविधानले स्वीकार गरेको मौलिक हक, समानताको सिद्धान्त तथा विधिको शासनप्रति प्रतिबद्ध नेपालको फौजदारी न्याय प्रशासनमा स्वीकार्य हुन नसक्ने भन्दै महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए । तर, सर्वोच्चले भने रवीन्द्रको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै उनलाई हाजिर जमानीमा छोड्न आदेश गरेको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ७ : १२ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा