८ माघ २०८२, बिहिबार | January 22, 2026

माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग



काठमाडौं । किशोर किशोरीलाई सही मार्ग अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ ।

बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले समस्या भइरहेको बताइन । कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उनले जानकारी दिइन ।

माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड रहेको थियो । किशोर किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा नफस्ने भएकाले यस्ता विषयलाई सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ६ : १४ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको